कोलेस्ट्रोल व्यवस्थापनको दुविधा: कम कोलेस्ट्रोल सधैं राम्रो होइन

कोलेस्ट्रोल भन्नासाथ धेरैलाई “नकारात्मक” तत्व हो भन्ने लाग्दछ। दशकौंदेखि हामीले मुटुरोगको जोखिम कम गर्न कोलेस्ट्रोल घटाउने औषधिहरू प्रयोग गर्दै आएका छौं र यसले थुप्रै जीवन बचाएको पनि छ। तर, के कोलेस्ट्रोल घटाउनु मात्रै नै समाधान हो? के अत्यधिक कम कोलेस्ट्रोल स्तरले अरू गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ?

हामीले JNMA को अगस्ट २०२५ अंकमा प्रकाशित लेखमा यिनै जटिल पक्षहरूलाई उजागर गरेका छौं।

कोलेस्ट्रोल: रोगको कारण मात्र होइन, जीवनको आधार पनि हो ।

कोलेस्ट्रोल हाम्रो शरीरको प्रत्येक कोषको संरचना निर्माण, हर्मोन उत्पादन, स्वास्थ मस्तिष्क , र भिटामिन D निर्माणमा अति आवश्यक तत्व हो। तर, अत्यधिक मात्रामा कोलेस्ट्रोल घटाउँदा, विशेषगरी कोलेस्ट्रोल घटाउने जस्ता औषधिहरूको लामो समयसम्म प्रयोगले शरीरका महत्त्वपूर्ण प्रक्रियाहरूमा अवरोध आउन सक्छ।

हाम्रो अध्ययनका मुख्य निष्कर्षहरू…

हामीले विभिन्न वैज्ञानिक स्रोतहरूको समीक्षा गरी अत्यधिक कम कोलेस्ट्रोल स्तरसँग सम्बन्धित निम्न असरहरू फेला पारेका छौं:

🔬 १. कोशिकामा असर

कोलेस्ट्रोलले कोशिकाको झिल्लीलाई स्थिरता र लचिलोपन दिन्छ। यसको कमीले कोशिका संरचना र कार्यमा गम्भीर असर पार्न सक्छ।

⚖️ २. हर्मोन असन्तुलन

कोलेस्ट्रोल स्टेरोइड हर्मोनहरूको निर्माणमा आधारभूत तत्व हो। स्टाटिनको अत्यधिक प्रयोगले यस्ता हर्मोनहरूको उत्पादनमा बाधा पुर्‍याउँछ।

🧠 ३. मस्तिष्क र मानसिक स्वास्थ्य

कम कोलेस्ट्रोल स्तरले न्युरोट्रान्समिटर, माइलिन संरचना र मस्तिष्कको सञ्चार प्रणालीमा असर पुर्‍याउँछ। यसले अल्जाइमर, पार्किन्सनजस्ता रोगहरूको जोखिम बढाउँछ।

☀️ ४. भिटामिन D को कमी

कोलेस्ट्रोल शरीरमा भिटामिन D को निर्माणका लागी अपरिहार्य अग्रपदार्थ हो। यसको कमीले भिटामिन D को निर्माणमा रूकावट आउँछ।

🎗️ ५. क्यान्सरको जोखिम

केही अनुसन्धानहरूले कोलेस्ट्रोल संग क्यानसरको दुई तर्फ़ी सम्बन्ध देखाएका छन् , धेरै उच्च वा धेरै कम कोलेस्ट्रोल दुवैले क्यान्सरको जोखिम बढाउँछ।

⚠️ ६. सेप्सिस र संक्रमण

कम HDL स्तर भएका बिरामीहरूमा संक्रमण र सेप्सिसको जोखिम तथा मृत्यु दर उच्च देखिएको छ।

अबको बाटो: सन्तुलित दृष्टिकोण

यस अध्ययनको निष्कर्ष कोलेस्ट्रोल घटाउने औषधिहरू त्याग्नु होइन, तर ब्यक्तिगत स्वास्थ्य अवस्था अनुसार विवेकपूर्ण प्रयोग गर्नु पर्दछ भन्ने हो ।

सिफारिसहरू:
• सबैलाई एउटै LDL लक्ष्य दिने नीति लिनु हुदैन ।
• अत्यन्त कम कोलेस्ट्रोलको दीर्घकालीन असरहरूमा ध्यान दिनुपर्दछ ।
• कोलेस्ट्रोलको बहुआयामिक भूमिकाबारे जानकारी हुनुपर्दछ।

निष्कर्षमा :⸻

निष्कर्षमा :

कोलेस्ट्रोललाई केवल मुटुरोगको कारकको रूपमा मात्र नभइ शरीरको जीवन अपरिहार्य अङ्गको रूपमा हेर्न आवश्यक छ। अत: “जति कम, उत्ति राम्रो” भन्ने धारणा सधैं उचित नहुन सक्छ।

हाम्रो पूर्ण लेख पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्:
🔗 ⁦https://doi.org/10.31729/jnma.9166⁩

https://bhcare.com.np

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*